सञ्चार मन्त्रालयले सोध्यो रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीसँग प्रष्टिकरण | Khabarhub Khabarhub

सञ्चार मन्त्रालयले सोध्यो रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीसँग प्रष्टिकरण


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीसँग प्रष्टिकरण सोधेको छ।

सोमबार बिहान जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै स्पष्टिकरण सोधेको हो।

कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न मंगलबार पत्र काटिएको छ ।

अन्तरवार्ताका क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुर, पंगु, अभिनायवादी जस्ता शब्द प्रयोग गरेर कटाक्ष गरेका थिए।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ४ : ५३ बजे

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा– अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी