नायक हमाल भन्छन् : कोरोना महामारीविरुद्ध हिम्मत नहाराैं | Khabarhub Khabarhub

नायक हमाल भन्छन् : कोरोना महामारीविरुद्ध हिम्मत नहाराैं


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक राजेश हमालले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा सम्यमता अपनाउन आग्रह गरेका छन् ।

उनले सरकारले लागू गरेको लकडाउन हाम्रै सुरक्षाको लागि भएको भन्दै लकडाउनको पूर्ण पालना गर्न सवैमा आग्रह गरेका छन् ।

कोरोना महामारीबाट त्रसित नेपालीहरुलाई हमालले धैर्य गर्दै हिम्मत नहार्न सुझाव दिएका हुन् ।

‘यतिबेला सिंगो संसार नै  कोरोनाविरुद्ध युद्ध लडिरहेको छ, हामीले हिम्मतका साथ धैर्य गरेर यो लडाइँ लड्यौं भने पक्कै जित्नेछौं ‘ नायक हमालले भने ।

अमेरिकामा रहेका पत्रकार सूर्य थापासंग भिडियो लाइभमा कुरा गर्दै नायक हमालले कोरोनाविरुद्धको लडाइँमा आत्तिएर भन्दा पनि बिज्ञानलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

नेपालमा लकडाउन छ अनि संसारभरका धेरै नेपालीहरु घरमै छन् त्यसैले आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न धेरै नखान र जिम बन्द छ भन्दै घरमा अल्छी भएर नबस्न पनि उनले आग्रह छन् ।

उनले धेरै युवाहरुले रोजगार गुमाएको तथा मनोरन्जन क्षेत्रमा पनि असर परेकोमा चिन्ता ब्यक्त गर्दै हमालले चाँडै सुनलौ दिनमा फर्किने आशा राखेका छन् ।

उनले विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई सुरक्षित रहन समेत आग्रह गरे । उनीहरुलाई सरकारले चाँडै स्वदेश फर्काउनेमा समेत विश्वास राखेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : १० बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित