स्पेनमा कोरोना भाइरसको संक्रमणले २३ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

स्पेनमा कोरोना भाइरसको संक्रमणले २३ हजारभन्दा बढीको मृत्यु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म स्पेनमा पछिल्ला २४ घण्टामा कोरोना भाइरसले ३३१ जनाको मृत्यु भएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कुल मृतकको संख्या २३ हजार ५२१ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ४२२ पुगेको छ ।

१ लाख २० हजार ८३२ जना उपचारपछि निको भएका छन् । ८५ हजार ६९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ४७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला