पोखराबाट बसमार्फत १४८ विदेशी पर्यटक काठमाडौं पठाइयो | Khabarhub Khabarhub

पोखराबाट बसमार्फत १४८ विदेशी पर्यटक काठमाडौं पठाइयो


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक आज बसमार्फत काठमाडौँं पठाइएको छ ।

लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडौं सम्म पुर्‍याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई काठमाडौंसम्म पुर्‍याउने व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पहल गरिरहेका छन् ।

फ्रान्सलगायतका केही देशले यसअघि नै हवाईजहाज चार्टर गरेर पोखराबाट काठमाडौँ लगिसकेका छन्।

आज सातवटा सवारी साधन तीन ठूला र चार सानामार्फत पर्यटकलाई काठमाडौँ पठाइएको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

आज अधिकांश पर्यटकलाई काठमाडौँ पठाइएको बताउँदै उनले बाँकी रहेका पर्यटकलाई पनि स्थानीय प्रशासनसँगको पहलमा पठाइने जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ०८ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण