'स्वास्थ्यकर्मी सुरक्षित रहेमात्र हामी सुरक्षित हुन्छौँ' | Khabarhub Khabarhub

‘स्वास्थ्यकर्मी सुरक्षित रहेमात्र हामी सुरक्षित हुन्छौँ’


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

  • डा. टेडरोज आध्यनोम गेब्रेयेसोस

हालसम्मा कोराना भाइरसबाट पाँच लाखभन्दा बढी मानिस संक्रमित भएका छन्, २० हजारभन्दा बढीको मृत्यु भएको छ । यो निकै चिन्ताजनक अवस्था हो तर एक लाखभन्दा बढी मानिस निको भएका छन् ।

मैले हिजो जी २० देशका नेताहरूको एउटा विशेष बैठकलाई सम्बोधन गर्ने अवसर पाएँ । मेरो सन्देशका तीन पत्र छन्— हामी लड्नै पर्छ, एकताबद्ध हुनै पर्छ र प्रज्ज्वलित हुनैपर्छ ।

भाइरस नियन्त्रण गर्न हामी हाम्रा सबै स्रोतहरू प्रयोग गरेर लड्नै पर्छ ।

महामारीलाई जित्न हामी एकताबद्ध हुनै पर्छ । एउटा साझा शत्रुका विरुद्ध हाम्रो मानवता एउटै हो । एउटा देश एक्लैले लडाइँ गर्न सक्दैन, हामी संयुक्तरूपमा मात्र लड्न सक्छौँ ।

जी २० मुलुकका उद्योगहरूलाई मानव जीवन सुरक्षित गर्न आवश्यक सामग्री उत्पादन र वितरण गर्न सृजनात्मक ढंगले परिचालन गरौँ ।
हामीले यस्तो महामारी फेरि दोहोरिने छैन भनेर हामीले भावी सन्ततिका लागि वाचा गर्नै पर्छ ।

अचानक हुने भाइरल संक्रमण मानवजीवनको तथ्य नै हो । त्यसले कति क्षति पु¥याउँछ भन्ने चाहिँ त्यसबाट हामी कति प्रभावित बन्छौँ भन्नेमा भर पर्छ ।

विश्व अर्थतन्त्र बचाउन, अन्तर्राष्ट्रिय व्यापार अवरोध हटाउन र विश्वव्यापी सहकार्य प्रबद्र्धन गर्न जी २० मुलुकहरूले जनाएको प्रतिबद्धताका निम्ति म धन्यवाद दिन्छु ।

यो खासमा ती मुलुकहरूका लागि महत्वपूर्ण छ जो जी २० मा सहभागी छैनन् तर जी २० ले गरेका निर्णयहरूबाट प्रभावित हुन्छन् ।

आज बिहान हामीले विश्वका करिब ५० जना स्वास्थ्यमन्त्रीहरूसँग बैठक ग¥यौँ जसमा चीन, जापान, गणतन्त्र कोरियाले अआफ्ना अनुभव र प्राप्त शिक्षाका बारे जानकारी गराए ।

हालसम्म भएका कामहरूबाट धेरै साझा तथ्यहरू अगाडि आए :

चाँडै परीक्षण गर्नु र संक्रमण देखिए आइसोलेसनमा राख्नु अनिवार्य छ,
संक्रमितको सम्पर्कमा रहेकाहरूको पहिचान, अनुगमन र क्वारेन्टिन,
र उनीहरूको अधिकतम हेरचाह ।

अनि, महामारी विरुद्धको लडाइँमा समुदायहरूलाई सूचित गर्नु र विश्वासमा लिनु अनिवार्य छ ।

बैठकमा सहभागी देशहरूले अरू धेरै साँझा चुनौतीका कुराहरू पनि उठाए ।

पर्सनल प्रोटेक्टिभ इक्युप्मन्टको अत्यासलाग्दो अभाव मानवजीवन बचाउन हाम्रो संयुक्त क्षमतामाथि वर्तमानको ठूलो चुनौती हो ।
विश्व स्वास्थ्य संगठनले व्यक्तिगत सुरक्षाका २० लाख सामग्री अति आवश्यक परेका ७४ देशमा पठाएको छ । यति नै सामग्री थप ६० देशमा पठाउने तयारी छ ।

तर यतिले पुग्दैन, अझै धेरै आवश्यक छ ।

अन्तर्राष्ट्रिय सहकार्य तथा एकताले मात्र यो समस्या समाधान हुन सक्छ ।

जब स्वास्थ्यकर्मीहरू जोखिममा हुन्छन् तब हामी सबै जोखिममा हुन्छौँ ।

निम्न तथा मध्यम आय भएका मुलुकका स्वास्थ्यकर्मीहरूलाई पनि सुरक्षित रहने उति नै हक छ जति सम्पन्न मुलुकका स्वास्थ्यकर्मीको ।

संक्रमितहरू पत्ता लगाउन र परीक्षण गर्ने गति तिब्र बनाउन सबै देशहरूलाई हाम्रो आह्वान छ । हामी पनि विश्वभर परीक्षण क्षमता बढाउन

सामग्रीहरूको आपतकालीन उत्पादन बढाउने काममा लागेका छौँ ।

अन्तर्राष्ट्रिय सहकार्यको महत्वपूर्ण क्षेत्र अनुसन्धान र विकास हो ।

खोप अझै १२ देखि १८ महिना टाढा छ ।

यही बीचमा बिरामीको उपचार र जीवन रक्षा गर्न तत्काल चिकित्सकीय सेवा आवश्यक छ ।

आज हामीलाई यो भन्न खुसी छ कि, नर्वे र स्पेनमा पहिला बिरामी चाँडै ऐक्यबद्धता परीक्षणका लागि पठाउने छौँ जसले कोभिड—१९ विरुद्ध हाम्रा औषधिको र संयुक्त औषधिको सुरक्षा र प्रभावकारिता तुलना गर्नेछन् ।

यो ऐतिहासिक परीक्षण हो जसले उपयोगी औषधिसम्बन्धी तथ्य थाहा पाउन नाटकीयरूपमा समय छोट्याउने छ ।

यो परीक्षणमा योगदान गर्न ४५ भन्दा बढी मुलुक तयार भएका छन् र अरू मुलुकहरुले पनि इच्छा प्रकट गरेका छन् । यो परीक्षणमा जति बढी देशहरू सहभागी हुनेछन् उति नै छिटो हामी नतिजा प्राप्त गर्नेछौँ ।

यसैबीच हामी कोभिड—१९ को उपचारमा प्रभावकारी नठहरिएका औषधि प्रयोग नगर्न प्रत्येक देश र व्यक्तिलाई पनि आह्वान गर्दछौँ ।
औषधि विज्ञानको इतिहासमा यस्ता धेरै औषधिहरू छन् जो धेरै काम कागजमा गरिए वा टेष्ट ट्युबमा तर मानिसका लागि काम लागेनन् वा हानिकारक नै ठहरिए ।

इबोला संक्रमणको समयमा प्रभावकारी हुने ठानिएका केही औषधिहरू चिकित्सकीय परीक्षणमा प्रभाकारी ठहरिएनन् ।

हामीले प्रमाणहरू मान्नै पर्छ । यसमा छोटो, छरितो भन्ने केही छैन ।

हामीलाई यो पनि प्रष्ट हुन जरुरी छ कि उपचारका लागि अप्रमाणित औषधि प्रयोगले प्रमाणित औषधिको अभाव गराउँदैन ।

जब महामारी उत्पन्न भएर धेरैभन्दा धेरै देशमा फैलिन्छ तब हामी केले राम्रो काम गर्छ र केले गर्दैन भन्ने शिक्षा पनि पाउँछौँ ।

विश्व स्वास्थ्य संगठनले सबै देशहरूलाई निन्तर सहयोग गरेको छ ।

हामीले हाम्रो वेब साइटमा ४० वटाभन्दा बढी निर्देशिकाहरू प्रकाशित गरेका छौँ । यी निर्देशिकाले विस्तृत विवरण जानकारी गराउँछन् । सरकारहरू, अस्पताल, स्वास्थ्यकर्मी, आममानिसका लागि प्रमाणमा आधारित सुझाव उपलव्ध गराउँछन् ।

विश्व स्वास्थ्य संगठनको वेबसाइटका कोर्समार्फत दश लाखभन्दा बढी स्वास्थ्यकर्मीहरू प्रशिक्षित भएका छन् । अरु धेरैलाई प्रशिक्षित गर्ने छौँ ।

अर्को खुसीको कुरा छ । कोभिड— सोलिडारिटी फन्डमा दुई सातामा २ लाख ३ हजारभन्दा बढी व्यक्ति र संस्थाबाट अमेरिकी डलर १०८ मिलिअन बढी दान प्राप्त भएको छ ।

तपाईंहरू सबैलाई धन्यवाद ।

ह्वाट्सएपको अंग्रेजी संस्करणका प्रयोगकर्ता संसारभरका एक करोड २० लाख भन्दा बढी छन् । अरबी, फ्रान्सेली र स्पेनी भाषामा आजै सुरु गरिएको छ । बंगाली, चिनियाँ, हिन्दी, कुर्दिस, पोर्चुगाली, रुसी सोमाली, उर्दु, स्वाहिली र अन्य भाषाहरू अझै थपिने छन् ।

मैले अघि भनेँ, यस्तो संकटले मानवतामा राम्रो र नराम्रो दुवै गर्छ ।

हामीले हालै मानिसलाई ठग्ने, साइबर हमाला गर्ने र विश्व स्वास्थ्य संगठन, मेरो नाम तथा कोभिड—१९ का नाममा ठगी बढेको देखेका छौँ ।
विश्व स्वास्थ्य संगठनको साइबर सुरक्षा समूहलाई मद्दत गर्ने धेरै राष्ट्रिय संस्थाहरूप्रति आभारी छु ।

स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मी र सर्वसाधारणको सुरक्षका लागि डिजिटल माध्यमबाट सूचनाहरू पु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद ।

हामी लडाइँको आरम्भमा मात्रै छौँ ।

हामीले धैर्य गर्न, एकताबद्ध रहन र सहकार्य गर्न जरुरी छ ।

धन्यवाद ।

(विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोभिड—१९ का बारे शुक्रबार (मार्च २७) गरेको मिडिया ब्रिफिङको सम्पादित नेपाली अनुवाद)

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ५ : १७ बजे

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र