कोरोना संक्रमित धनगढीका युवाको सम्पर्कमा आएका ९ जना पनि क्वारेन्टाइनमा | Khabarhub Khabarhub

कोरोना संक्रमित धनगढीका युवाको सम्पर्कमा आएका ९ जना पनि क्वारेन्टाइनमा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्तिको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

शुक्रबार सरकारले धनगढीका ३४ वर्षीय युवालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।

धनगढी उपमहानगरपालिका–५ तारानगर घर भएका ती युवकको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

परिवारका ८ जना सदस्य र उनलाई अस्पताल पु¥याउने अर्का १ जना गरी ९ जनालाई शनिबार बिहान एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा उनीहरुको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना संक्रमण देखिएका युवकलाई पनि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

गत चैत ७ गते फ्लाइ इमिरेट्सको विमानबाट भारतको दिल्ली र दिल्लीबाट बिस्तारा एयरलाइन्सको जहाजमार्फत काठमाडौं आइपुगेका ती युवक ८ गते बुद्ध एयरको जहाजमार्फत नेपालगञ्ज उत्रेर माईक्रो चढी धनगढीस्थित घर आइपुगेका थिए ।

घर आइपुगेको केही दिनपछि ज्वरो आउने तथा खोकी लाग्ने जस्ता लक्षण देखिएपछि ११ चैतमा सेती प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालले ११ गते नै उनको स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो ।

प्रयोगशालामा परीक्षणका क्रममा उनको कोरोना संक्रमण देखिएको थियो ।

तर, उनले भने अस्पतालबाट कुनै उपचार र सुविधा नपाएको गुनासो गरेका छन् ।

शनिबार बिहान स्थानीय सञ्चारकर्मीको सम्पर्कमा आएका उनले आफूलाई शव गृह नजिकको एउटा कोठामा राखिएको र आफ्नो अवस्थाबारे बुझ्न कुनै चिकित्सक नआएको गुनासो गरेका थिए ।

सेती प्रादेशिक अस्पतालले भने शनिबार दिउँसो उनको स्वास्थ्य परीक्षण गरिएको र सबै अवस्था सामान्य रहेको बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ३ : ०८ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास