लकडाउनका बेला घले गाउँमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना | Khabarhub Khabarhub

लकडाउनका बेला घले गाउँमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कोरना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न लागु गरिएको लगडाउनको आदेश कार्यान्वनका लागि जिल्लाका होमस्टे गाउँहरुले कडाइ गरेका छन् । गाउँमा पर्यटक आउन रोकिएका छन् भने पर्यटक राख्नेलाई जरिवाना समेत तोकिएको छ ।

क्व्होलासोथार गाउँपालिका रहेको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज घलेगाउँ होमस्टेमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। पर्यटन व्यवस्थापन समितिले होमस्टेमा पर्यटक राख्नेलाई २० देखि ५० हजार रुपियाँसम्म जरिवना गर्ने चेतावनी दिएको हो ।

गाउँका होमस्टेमा वैशाख १ गतेसम्म कोही पर्यटक नराख्न होमस्टे संचालकलाई चेतावनी दिइएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।

२०५७ सालदेखि १० घरबाट होमस्टे सुरु गरिएको घलेगाउँमा अहिले ३७ घरमा होमस्टे सन्चालनमा छ । लकडाउनका बेला सहरबाट केही पर्यटक जिप र मोटरसाइकल चढेर घलेगाउँ आउने गरेको समितिले जनाएको छ । बुधबारसम्म गाउँनजिकै आइपुगेका पर्यटकलाई स्थानीयले फिर्ता पठाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ०३ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको