जंगली जनावर नियन्त्रण गर्न शुक्लाफाँटामा ‘फेन्सिङ’ गरिँदै | Khabarhub Khabarhub

जंगली जनावर नियन्त्रण गर्न शुक्लाफाँटामा ‘फेन्सिङ’ गरिँदै


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने जङ्गली जनावर नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिकाले ‘टू फेन्सिङ’ तार जडान शुरु गर्न लागेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु एक करोड र नगरपालिकाको रु ६४ लाखको लागतमा फेन्सिङ तार जडानको कार्य हुन लागेको हो ।

ठेक्का प्रक्रियामार्फत जङ्गली जनावर नियन्त्रणका लागि पाँच किलोमिटर क्षेत्रमा तार जडानको काम हुन लागेको नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

जङ्गली जनावरको समस्या रहेका वडा नं ३, ४ र ५ मा चालु आवमा फेन्सिङ तार जडानको काम गरिने उनले जानकारी दिए ।

गत आवमा सामाजिक विकास मन्त्रालयको रु एक करोड र नगरपालिकाको रु १६ लाख ५० हजारको लागतमा चार किलोमिटर क्षेत्रमा फेन्सिङ तार जडान गरिएको थियो ।

तार जडानपछि निकुञ्जबाट किसानका खेतमा छिरेर अन्नबाली खाई नोक्सान पु¥याउने नीलगाई, बँदेल, बाह्रसिङ्गा, चित्तललगायत जनावर नियन्त्रण भएका छन् । फेन्सिङ तार जडानसँगै मानव र जङ्गली जनावरबीचको द्वन्द्व कम भएको नगरप्रमुख ऐरले बताए ।

हात्ती नियन्त्रण गर्न गाह्रो

टू फेन्सिङ तार जडानपछि नीलगाई, बँदेल, बाह्रसिङ्गा, चित्तललगायतका जनावर नियन्त्रण भए पनि जङ्गली हात्तीको बथान भने नियन्त्रण गर्न सकिएको छैन ।

फेन्सिङ तार तोडेर हात्ती बस्तीमा छिर्ने गरेका छन् । रुखको हाँगाले तारमा तेस्र्याइ तार तोडेर हात्ती बस्तीमा प्रवेश गरी उपद्रो मच्चाउँदै आएका छन् ।

दुई दिनअघिमात्रै जङ्गली हात्तीको बथानले वडा नं ५ को खजुवा र गर्जमुनिका किसानको खेतमा छिरेर एकैरात नौ बिघा बढी क्षेत्रफलमा लगाइएको गहुँबालीमा नोक्सानी पुर्‍याएको थियो ।

हात्तीको आतङ्कबाट नगरपालिकाका १० वडा प्रभावित छन् । केही महिनाअघि मात्रै जङ्गली हात्तीको बथानले वडा नं १ गणेशपुरका बलदेव बोहराको ज्यानसमेत लिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : २६ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु