अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ | Khabarhub Khabarhub

अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भइ काठमाडौंको थली बस्दै आएका ४१ वर्षीय विकास भनिने केदार खड्का छन् ।

उनले आफू अमेरिकी दूतावासको एजुकेटिभ म्यानेजर हुँ भन्दै नक्कली परिचय पत्र देखाएर केही व्यक्तिलाई अमेरिका पठाइ दिने भन्दै लाखौं रकम ठगी गरेका खुलेको छ ।

पीडित पक्षबाट परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले खड्कालाई पक्राउ गरेको हो ।

पक्राउ परेका खड्काविरुद्ध आवश्यक कारबाही र थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ५ : १९ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई