चीन भ्रमणबाट फर्किएपछि मंगोलियाका राष्ट्रपति ‘क्वारेन्टाइन’ मा | Khabarhub Khabarhub

चीन भ्रमणबाट फर्किएपछि मंगोलियाका राष्ट्रपति ‘क्वारेन्टाइन’ मा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उलान बटोर– कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित चीन भ्रमणबाट फर्केका मंगोलियाका राष्ट्रपतिले नै १४ दिने क्वारेन्टाइनमा बस्नु परेको छ ।

चीन भ्रमणमा गएका राष्ट्रपति बात्तुल्गा खल्त्मा र उनको प्रतिनिधिमण्डल स्वदेश फर्केलगत्तै १४ दिनका लागि क्वारेन्टाइन पठाइएको हो ।

राष्ट्रपतिसहित विदेशमन्त्रीलगायत चीन भ्रमणमा गएको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनाभाइरसको महामारी फैलिएपछि चीन भ्रमण गर्ने खल्त्मा पहिलो विदेशी राष्ट्रप्रमुख हुन् ।

उनले चीनमा रहँदा चिनियाँ समकक्षी सी जिन्पिङ र प्रधानमन्त्री ली केचियाङ्सँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  २ : ५५ बजे

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक