किशोरी बन्धक बनाएर बलात्कार गर्ने घले हिरासतमा | Khabarhub Khabarhub

किशोरी बन्धक बनाएर बलात्कार गर्ने घले हिरासतमा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १७ वर्षीया किशोरी बलात्कारको आरोपमा अमृतकुमार घले प्रहरी हिरासतमा छन् ।

उनले एक किशोरीलाई अमेरिका लैजाने प्रलोभन देखाएर चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप छ ।

उनी अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् । पत्नी र परिवार अमेरकामै छन् । उनले आफूलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार रहेको समेत बताउँदै आएका थिए ।

तर उनी राज्यमन्त्री मान्धरको सल्लाहकार नरहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले पनि अमृत कुमार घले पक्राउ परे पनि उनी शहरी विकास राज्यमन्त्रीको आर्थिक सल्लाहकार नभएको बताएका छन् ।

मन्त्रालयबाट घलेसँग मन्त्रीको कुनै सम्बन्ध नरहेको र कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी आएको बोगटीले बताए ।

पक्राउ परेका घलेले १२ कक्षा पढ्ने १७ वर्षीय एक किशोरीलाई अपहरण गरेर चार दिनसम्म बन्धक बनाइ बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत माघ २७  बनेपाबाट काठमाडौं आउँदै गरेका उनले सडक छेउको बस स्टपमा उभिएकी एक जना किशोरीलाई लिफ्ट दिएर ललाई फकाइ गरेर अमेरिका लैजाने प्रलोभनमा चार दिनसम्ब बन्धक बनाएर बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।

छोरी हराएको विषयमा परिवारका सदस्यले प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोजतलास गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार दिनभर अपरेशन चलाएर किशोरीलाई राखिएको ठाउँबाट उद्धार गरिएको हो ।

डीएसपी बोगटीले भने,‘शरीर बन्धक बनाएर बलात्कार गरेको मुद्धामा म्याद लिएर अमृतका बारेमा अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले उनको फ्ल्याटबाट ठूलो परिणाममा यौन शक्तिबर्धक औषधी भियग्रा र कण्डम लगायत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ४९ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल