ब्रगविरुद्ध म्यानचेस्टरको ५ गोल | Khabarhub Khabarhub

ब्रगविरुद्ध म्यानचेस्टरको ५ गोल


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेल्जियन क्लब ब्रगमाथि सानदार जीत निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

बिहीबार राति राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को सानदार जीत निकाल्दै युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएको हो ।

युनाइटेडले समग्रमा ६–१ को जीत निकालेको हो । क्लब ब्रगको मैदानमा पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिएको थियो । १० खेलाडीमा समेटिएको क्लब ब्रगमाथिको जीतमा फ्रेडले दुई तथाम ब्रुनो फर्नान्डेज, ओडिन इघालो र स्कट म्याक टोमिनेले गोल गरे ।

ओल्ड ट्राफोर्डमा खेलको २३औं मिनेटमा नै क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो । म्याक टोमिनेमाथि पेनालटी बक्समा गम्भीर ट्याकल गरेपछि सिमोन डेली सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिदा क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो ।

त्यसको फाइदा युनाइटेडले उठायो । त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनोले २७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

३४ औं मिनेटमा ओडिन इघालाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा म्याक टोनिले गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो। त्यसपछि फ्रेडले ८२औं र ९०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ५–० को सानदार जीत दिलाए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : १६ बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना