प्याराग्लाइडिङ च्याम्पियनशिपमा नेपाल दोस्रो | Khabarhub Khabarhub

प्याराग्लाइडिङ च्याम्पियनशिपमा नेपाल दोस्रो


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा जारी प्याराग्लाइडिङ वर्ल्ड कप ‘एशियन टुर’ तथा १९ औं संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।

फागुन ११ गतेदेखि शुरु भएको वर्ल्डकप छनौट प्रतियोगिताको बिहबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपाल दोस्रो स्थान प्राप्त गरेको हो ।

यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्का साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अङ्क सहित दोस्रो हासिल गरेको थियो ।

नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए ।

पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अङ्का साथ पहिलो, जङ्गमेन चोइ ७३४ अङ्क सहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्क सहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहेका छन् ।

महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्क सहित प्रथम, कोरियाका याना ली १५६ सहित द्धितीय र स्विजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्क सहित तेस्रो र चौथो स्थानमा छन् ।

प्रतियोगिहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए ।

प्रतियोगितामा २० देशका ९२ जना खेलाडीहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिहेका छन् । यस टुरबाट पाँच देखि आठ जना खेलाडी प्याराग्लाइडिङ वर्ल्डकप सुपर फाइनलका लागि छनोट हुनेछन् ।

यस वर्ष नेपाल सहित इन्डोनेसिया र चीनमा तय भएको एशियन टुरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘र्‍याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ३५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र