सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू | Khabarhub Khabarhub

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ८ घाइते


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मंगलबार बिहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावपूर्ण बनेको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गर्दै साँझ साँढे ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएकाे जनाएको हो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडप हुँदा स्थिति तनावपूर्ण बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

ट्रिपरको ठक्करबाट आज विहान एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएका थिए । उनीहरु तोडफोड, आगजनीमा उत्रिएपछि सम्भावित सुरक्षा स्थितिलाई नियन्त्रण लिन कर्फ्यू आदेश जारी गरिएको  सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वाङ्गेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म कर्फ्यू क्षेत्र घोषणा गरिएको हो ।

आज दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी ८ जना भन्दा बढी घाइते भएका छन् ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको ट्रिपरको किचेर आज विहान मृत्यु भएको थियो ।

स्थानीयका अनुसार जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ५ : ४९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र