मिस युरोप नेपालको उपाधि निरुषा खत्रीलाई | Khabarhub Khabarhub

मिस युरोप नेपालको उपाधि निरुषा खत्रीलाई


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस युरोप नेपाल सन् २०२० को उपाधि फिनल्यान्डकी निरुषा खत्रीले जितेकी छन् ।

युरोपका विभिन्न देशमा रहेका १२ नेपाली प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले मिस युरोप नेपाल २०२० को उपाधि जितेकी हुन्। मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले खत्रीलाई मिस युरोप नेपालको ताज पहिर्‍याएकी थिइन्।

बेल्जियमको लुभेन शहरमा मिस युरोप नेपाल २०२० प्रतियोगिता आयोजना गरिएको थियो। मिस युरोप नेपालकी उपाधि विजेता खत्रीले अब नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउने आयोजक ड्रिम्स नेपालले जनाएको छ।

प्रतियोगितामा ‘फस्ट रनरअप’ को उपाधि आयरल्यान्डकी संगिता थापा र ‘सेकेन्ड रनरअप’को उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन्।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १२ : ४१ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७