गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी | Khabarhub Khabarhub

गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सोमबारदेखि थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी भएको छ।

प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित आज राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेर आवश्यक धरौटी लिएर छाड्ने तयारी गरेको हो ।

राउतलाई लागेको अभियोगमाथि आजै थुनछेक बहस हुने र गायिका राउतलाई धरौटीमा छोड्ने तयारी भएको जनाइएको छ । अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले नै धरौटी लिएर छाड्ने गरेको नजिर छ ।

प्रहरी हिरासतमा रहेकी गायिका राउत सोमबार बेलुका बिरामी भएपछि त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचारारत छिन् ।

ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिला श्रेष्ठले जाहेरी दिएपछि  प्रकाउको तयारी हुँदा हुँदै राउत आफैं सोमबार प्रहरी कार्यालय पुगेकी थिइन ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ३१ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार