अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने निर्णयको विरोधमा ताइवानको संसदमा मुक्का हानाहान | Khabarhub Khabarhub

अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने निर्णयको विरोधमा ताइवानको संसदमा मुक्का हानाहान


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच झडप भएको छ। आपसमा मुक्का प्रहार गर्नुका साथै उनीहरुले सुंगुरको मासुले प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्।

अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयपछि यस्तो घटना भएको हो।

राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि ¥याक्टोपामिन भएको सुँगुरको मासु आयात गर्ने घोषणा गत अगस्टमै गरेकी थिइन्। बोसो घटाएर मासुको मात्रा बढाउन सुँगुरको ¥याक्टोपामिन खुवाउने गरिन्छ। मानिसलाई हानिकारक हुने भन्दै यो युरोप र चीनमा प्रतिबन्धित छ। अमेरिकाले निकै पहिलेदेखि यस्तो मासु ताइवान निर्यात गर्न चाहेको थियो।

तर, राष्ट्रपतिको साइको यो कदमको विपक्षी पार्टी कोमिन्ताङले चर्काे विरोध गर्दै आएको छ।

सेप्टेम्बरमा संसदको अधिवेशन सुरु भएसँगै कोमिन्ताङले सरकारी निर्णयको विरोध गरेको थियो।

सो पार्टीका सांसदले प्रधानमन्त्री सु सेङ चाङलाई बोल्न अवरोध गरिरहेका थिए। शुक्रबार भने सत्तापक्षीय सांसदहरुको घेरामा बसेर जब प्रधानमन्त्री बोल्न थाले तब विपक्षीहरुले सुँगुरको मासुले उनीतर्फ प्रहार गरे।

अन्तमा प्रधानमन्त्रीले बोल्ने प्रयास त्यागिदिए।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : २५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर