खोटाङमा 'विप्लव' समूहका नेता खत्री पक्राउ  | Khabarhub Khabarhub

खोटाङमा ‘विप्लव’ समूहका नेता खत्री पक्राउ 


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना नेतालाई प्रहरीले खोटाङमा पक्राउ गरेको छ ।

नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुबाट उनलाई जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सागर शाहले जानकारी दिए ।

उनलाई उदयपुर जिल्ला अदालतमा बम विस्फोटसम्बन्धी मुद्धा लागेको थियो । फरार खत्रीलाई अदालतको पक्राउ पूर्जीको आधारमा नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : ४५ बजे

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै