४०८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

४०८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर ४ सय ८ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय ५४ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११५ जना रहेको छ भने  ९ जना भेन्टिलेटर छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ जना आईसीयूमा र एक जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ११७ आईसीयूमा र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ३० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र