ठगी आरोपमा पक्राउ परेका न्यौपानेलाई एक हप्ता हिरासतमा राख्न अनुमति | Khabarhub Khabarhub

ठगी आरोपमा पक्राउ परेका न्यौपानेलाई एक हप्ता हिरासतमा राख्न अनुमति


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगीको आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई एक हप्ता हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार न्यौपानेलाई थप एक हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले म्याद थपका लागि जिल्ला अदालतमा न्यौपानलेलाई हाजिर गराएको थियो। यसअघि ब्युरोले न्यौपानलाई बुधबार चण्डोलबाट पक्राउ गरेको थियो।

इन्जिनिरिङ कलेजमा ठगी गरेको आरोपमा न्यौपानेसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। न्यौपाने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा पनि मुछिएका व्यक्ति हुन्।

यसअघि सीआईबीले न्यौपानेसहित पाँच जनाविरूद्ध गत कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो। कलेजमा न्यौपानेसहित पाँच जनाविरुद्ध ८ करोड २१ लाचख ६ सय ५० रुपैयाँ बिगो छ।

इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा उनले ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामाथि ब्युरोले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ४८ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय