देशभर २४ घण्टामा १७०३ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा १७०३ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० थियो ।

काठमाडौं उपत्यकामा थपिए ८२२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनामा कोरोना स‌क्रमित थपिएका हुन् ।

थप १२३६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १२३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १० हजार ६७१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको थियो ।

थप २३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा  प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा २, मोरङमा १ सय ९, संखुवासभामा १ र सुनसरीमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी,  प्रदेश २ को धुनषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १ सय ६०, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासी पूर्वमा ४, पर्वतमा १०, लमजुङमा ५ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नलवपरासीमा १५, पाल्पामा १७, प्यूठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रोल्पामा २ र रुपन्देहीमा ७० जनामा कोरोनाको संक्रमण भएको छ ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९, दैलेखमा ८, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा ४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा १२, कैलालीमा ३७, डडेल्धरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : ५५ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल