स्वास्थ्यकर्मीलाई 'जोखिम भत्ता' उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीलाई ‘जोखिम भत्ता’ उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सम्बन्धित अस्पताल र निकायलाई निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा खटिने सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका हुन्।

शुक्रबार नै बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार जोखिम भत्ता तत्काल उपलब्ध गराउन निर्देशन दिइएको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले असोज मसान्त सम्मको जोखिम भत्तासमेत समावेश गरी ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको स्पष्ट पारेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी