ग्यास्ट्रिकको समस्या समाधान गर्न यी उपाय अपनाउनुहोस् | Khabarhub Khabarhub

ग्यास्ट्रिकको समस्या समाधान गर्न यी उपाय अपनाउनुहोस्


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालजस्तो अल्पविकसित मुलुकमा अधिकाशं मानिसमा ग्यास्ट्रिकको समस्या पाइन्छ । प्रायः नेपालीमा पाइने यो रोगलाई आम नेपालीको रोग समेत भनिन्छ । खानाको समय नमिल्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ ।

हामीले सही समय र मात्रामा खाना खाने गर्नु पर्दछ । अन्यथा ग्यास्ट्रिक हुने गर्दछ । ग्यास्ट्रिकलाई सामान्य ठानेर छाड्नु हुदैन । यदी ग्यास्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर हुने लगायतका बिभिन्न रोगको संभावना उच्च हुन्छ । त्यसैले ग्यास्ट्रिकको समस्या पालेर राख्नु भन्दा यसको समाधानतर्फ जानु पर्दछ ।

यस्ता ग्याष्ट्रिक निको पार्ने घरेलु उपायहरु :

– बिहान खाली पेटमा २/३ पोटी लसुन पानीसँग खादाँ ग्यास्ट्रिकमा फाइदा पुग्दछ ।
– बिहान काँचो लसुनको सेवनले उच्च रक्तचापको समस्या समेत फाइदा पुर्याउँछ ।
– ग्यास्ट्रिक भएकाहरुले हरेक २ घण्टाको फरकमा केही न केही खाइहाल्नु पर्दछ ।
– लामो समय भोको बस्दा पेटमा हावा भरिएर स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।
– पेटमा ग्यास भरिए कागती पानी पिउँदा तत्काल लाभ मिल्दछ ।
– नियमित कागती पानीको सेवनले पेट फुल्ने समस्याबाट राहत दिन्छ ।
– पेटमा ग्यास जमेर गाह्रो भएकाहरुले बियर, रक्सी, मकै, राज्मा, बन्दा, प्याज खानु हुदैन ।
– ग्यास्ट्रिक भएको समयमा दूधको सेवन फाइदाजनक हुदैन ।

ग्याष्ट्रिकमा प्रशस्त पानी पिउनु पर्दछ । लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग भने गर्नुहुँदैन । यसले उल्टै पेटमा ग्याँस बढाउँछ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : १७ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका