भतिजको कुटाइबाट काकाको मृत्यु | Khabarhub Khabarhub

भतिजको कुटाइबाट काकाको मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा गएराति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।

मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गएराति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताए ।

कुटपिट गर्ने भतिज विनोदलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ३६ बजे

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका