बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित | Khabarhub Khabarhub

बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् ।

पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ ।

‘काबोरले मतदानको पहिलो चरणमै ५७.८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन्,’ स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले भने ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गरेको पनि निर्वाचन आयोगले जनाएको छ ।

उनीसँगै प्रतिस्पर्धामा उत्रिएका इडी कोम्बोइगोले जम्मा १५.४८ प्रतिशत मत ल्याएर दोस्रो भएका छन् । अर्का उम्मेवार जेफिरिन डिएब्रेले १२.४६ प्रतिशत मत मात्रै पाएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ३९ बजे

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो