भारत र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर | Khabarhub Khabarhub

भारत र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र अमेरिकाले मंगलबारबेसिक एक्‍सचेन्ज एन्ड कोअपरेशन (बेका) सम्झौतामा हस्ताक्षर गरेका छन् ।

रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत  र अमेरिकाबीच एक आपसमा आदान प्रदान गर्ने विषयमा सम्झाता गरिएको हो ।

यस सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ ।

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । ती सूचनाहरु मिसाइल, ड्रोन लगायतका आक्रमणका लागि उपयोगी हुने खबरमा उल्लेख छ । यि दुई देशको बीचमा आज नै भएको टु प्लस टु बैठकपछि सम्झौता भएको हो ।

लद्धाख घटनापछि भारत र चीन बीचमा तनाव बढिरहेको समयमा भएको भएको सम्झौताले धेरै महत्व राख्ने बीबीसीले जनाएको छ ।

टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री हिजो भारतको भ्रमणमा आएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : १७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी