तेक्वान्दोका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, कार्यालय दुई साता बन्द हुने | Khabarhub Khabarhub

तेक्वान्दोका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, कार्यालय दुई साता बन्द हुने


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेक्वान्दो संघको सचिवालयमा काम गर्ने दुई जना कर्मचारीमा नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

सचिवालयमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि असोज २५ गतेसम्मका लागि कार्यालय बन्द रहने भएको छ ।

यसअघि पनि संघको सचिवालय भाद्र ४ देखि ३१ गतेसम्म सरकारले निषेधाज्ञा जारी गर्दा बन्द भएको थियो । तर, त्यहिँ समयदेखि कार्यालय नगएका कर्मचारीलाई संक्रमण देखिएको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘खेलाडी, पदाधिकारी, अन्य कर्मचारी तथा सेवाग्राहीहरुको स्वास्थ्यलाईसमेत ध्यानमा राख्दै सचिवालयका अन्य कर्मचारीहरुलाई पिसिआर परिक्षण गरिररहेको र सेवा सुचारु गर्न अघि कार्यालय तथा परिसरलाई आवश्यक सरसफाई तथा पूर्णत: सेनिटाइज गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ०० बजे

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र