अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते | Khabarhub Khabarhub

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ ।

उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

अफगानिस्ताको पूर्वी प्रान्त लागोरमा अफगान सेनाको एयर फोर्सले गरेको हवाई कारबाहीमा परी छ जना ताबिलानी लडाकू मारिएका छन् ।

उनीहरु सो क्षेत्रमा स्थापना गरी सञ्चालनमा ल्याएको अखडामाथि अफगान सरकारी सेनाले हवाई आक्रमण गरेको थियो । सो कारबाहीबाट उक्त क्याम्प ध्वस्त भएको बताइएको छ ।

त्यसैगरी सो प्रान्तको छिमेकी अर्काे प्रान्त घाज्नीको आब जिल्लामा रहेको एक प्रहरी चौकीमा तालिबानका लडाकूहरुले शनिबार साँझ हमला गरेका थिए । त्यस क्रममा अरु पाँच जना तालीबानी लडाकूहरु घाइते भएका छन् । यी दुवै कारबाहीहरुमा अफगान सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको बताइएको छ ।

यी कारबाहीका विषयमा अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका लडाकूहरुले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिखेर अफगान सरकार र तालिबानी लडाकूकाबीचमा कतारको दोहामा वार्ता जारी रहेको छ । तर यता अफगानिस्तानमा भने ताबिलानहरुले हिंसा रोकेका छैनन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : २५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय