मुक्तिनाथ रेमिटको सेवा अस्ट्रेलियाबाट पनि | Khabarhub Khabarhub

मुक्तिनाथ रेमिटको सेवा अस्ट्रेलियाबाट पनि


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिटले अस्ट्रेलियाबाट पनि सेवा सञ्चालन गरेको छ ।

अस्ट्रेलियामा रहेका नेपालीले अस्ट्रेलियामा रहेको ‘मुक्तिनाथ रेमिट अस्ट्रेलिया’को कार्यालय तथा मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइटमा लगइन गरी वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

साथै, मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटका ४ हजारभन्दा बढी एजेन्टमार्फत पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो सेवाबारे अन्य जानकारीका लागि मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइटमा हेर्न सकिने बैंकले जनाएको छ ।

यस्तै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न बैंकका ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ५ : १६ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि