रगतबारेका यी ७ तथ्य तपाईंलाई थाहा नहुनसक्छ | Khabarhub Khabarhub

रगतबारेका यी ७ तथ्य तपाईंलाई थाहा नहुनसक्छ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीर सञ्चालनमा रगत सबैभन्दा महत्वपुर्ण हुन्छ । यो शरीरलाई अत्यन्त महत्वपुर्ण तत्व हो । रगत शरीरको हरेक रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ ।

रगतले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । रगतको सञ्चालनले गर्दा हाम्रो जीवन चलिरहेको हुन्छ । हाम्रो शरीरमा रगत छ भन्ने हामीलाई थाहा भएतापनि यसले के गर्छ भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ । आज हामी रगतबारे केहि जानकारी दिदैछौ :

१. मानिसको जीवनलाई रगत अनिवार्य हुन्छ ।
२. एक वयस्क मानिसको शरीरमा औसत ५ दशमलब ५ लिटर रगत हुन्छ ।
३. मानिसको शरीरमा, कुल वजनको ७ प्रतिशत रगत हुन्छ ।
४. रगतले शरीरमा काम नलाग्ने कार्वन डाइक्साइडलाई निष्काशित गर्दछ ।
५. रगतले शरीरलाई आवश्यक नरहेको यूरिक, ल्याक्टिक एसिड तत्व निश्कासित गर्दछ ।
६. रगतमा प्लाज्माको मात्रा ५४.३ प्रतिशत हुन्छ ।
७. रगतमा रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत हुन्छ ।

स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै असर हुदैन । सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुन्छ । एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाई तीन जनाको ज्यान बचाउन सकिन्छ । त्यसैले रक्तदानलाई जीवनदान समेत भन्ने गरिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : ४५ बजे

उपेन्द्र यादव अमेरिकाबाट मध्यराति आइपुग्दै, मंगलबार बिहान दलको बैठक

काठमाडौं –आफू नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन गरेर

शङ्खपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ ।

‘गाउँ आएको बाटो’ : टिजर सार्वजनिक कार्यक्रममा जे देखियो…

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक

एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछिको