प्रधानमन्त्री ओलीद्वारा सिंगापुरका समकक्षीलाई बधाई | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा सिंगापुरका समकक्षीलाई बधाई


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सिंगापुरका प्रधानमन्त्रीमा लि सि एन लुङ पुनः निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री लिलाई आज एक बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनको कार्यकालमा नेपाल–सिङ्गापुर सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले गरे ।

यसैगरी परराष्ट्र प्रदीपकुमार ज्ञवालीले सिङ्गापुरको विदेशमन्त्रीमा भिभिएन बालकृष्णनन् पुनः नियुक्त हुनु भएकामा बधाई ज्ञापन गरे ।

मन्त्री ज्ञवालीले आजै विदेशमन्त्री बालकृष्णननलाई बधाई सन्देश पठाउँदै गत वर्ष माल्दिभ्सको राजधानी मालेमा उनीसँग भएको भेटवार्ताको स्मरण गरे ।

बालकृष्णननको कार्यकालमा नेपाल र सिंगापुरबीच विद्यमान मैत्री एवं सहयोगात्मक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

यस्तो छ बधाई ज्ञापन पत्र

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : ३३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई