ऐश्वर्या र छोरी आरध्या कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

ऐश्वर्या र छोरी आरध्या कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै श्रीमती ऐश्वर्या र छोरी आरध्या अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।

‘लगातारको प्रार्थना र शुभेच्छाका लागि सबैलाई धन्यवाद । ऐश्वर्या र आरध्याको कोरोना परीक्षण नेगेटिभ आएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु अब घरमै बस्नेछन् ,’ उनले ट्विटमा लेखेका छन् ।

अभिषेक र उनका बुबा अभिताभ बच्चन भने अस्पतालमै रहेका छन् ।

बच्चन बाबु–छोरा गत जुलाई ११ मा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । अमिताभ आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जालमार्फत जानकारी दिइरहन्छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ११ बजे

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

दमक– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको

ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले)

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख