अक्षय कुमारको फिल्ममा लारा दत्ता इन्दिरा गान्धी बन्ने | Khabarhub Khabarhub

अक्षय कुमारको फिल्ममा लारा दत्ता इन्दिरा गान्धी बन्ने


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरस संकटपछि बलिउडकर्मी बिस्तारै काममा फर्किन लागेका छन् । बलिउडमा निर्माता निर्देशकलाई पुनः काम गर्ने इजाजत मिलिसकेको छ ।

यता अक्षय कुमार पनि फिल्म ‘बेल बटम’ का कारण चर्चामा छन् । खबरका अनुसार अक्षयले यो फिल्मको छायांकन छिट्टै गर्दैछन् ।

अक्षयले केही समयअघि उक्त फिल्ममा हुने शीर्ष कलाकारको तस्वीर शेयर गरेका थिए । उनले तस्वीर शेयर गर्दै लेखेका थिए – हामीले जे काम सबैभन्दा राम्रो गर्न सक्छौं, त्यो अब शुरु गर्नेवाला छौं । अब काममा फर्किने समय आएको छ । ‘बेल बटम’ आगामी महिनादेखि फ्लोरमा जानेवाला छ ।

अक्षयले यसअघि नै घोषणा गरिसकेको यो फिल्मबारे अर्को खबर पनि बाहिरिएको छ । भारतीय मिडियाका अनुसार फिल्ममा लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निभाउने भएकी छिन् ।

यो भूमिकाका लागि लामो समयदेखि कलाकारको खोजी भइरहेको थियो । अक्षयलाई लाग्यो कि, यो भूमिकाका लागि लारा दत्ताले जत्तिको अरुले यो भूमिका निभाउन सक्दैनन् ।

फिल्मका लागि लाराले आफ्नो लूक पनि बदलेकी छिन् ।

फिल्म ८० को दशकको माहोल देखाइनेछ । यस्तै फिल्ममा अक्षय कुमार एक एजेन्टको भूमिकामा देखिनेछन् । जसले देशमा हुने षडयन्त्रलाई चिर्ने प्रयास गर्नेछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ११ : २६ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण