पशुपतिमा आर्यघाट गंगामाई रथयात्रा | Khabarhub Khabarhub

पशुपतिमा आर्यघाट गंगामाई रथयात्रा


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गरिएको छ ।

विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।

त्यसैबेलादेखि प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीको एक दिन पशुपति क्षेत्रमा रथयात्रा गर्ने गरिएको हो ।

यस वर्ष धेरै जना जम्मा भएर रथयात्रा गर्न कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने खतरा भएकाले विधि भने पूरा गरिएको छ ।

यसका लागि आज बिहान मूल भट्टको आदेश लिएर मूर्ति बाहिर निकालिएको हो । शनिबार साँझ गङ्गामाईका पुजारी दिनेश पौडेलले रथमार्गमा हातमै बोकी रथ घुमाएका थिए ।

विगत वर्षमा भने गङ्गामाईलाई रथारोहण गराई हजारौँ मानिसले पशुपति क्षेत्रमा रथयात्रा गराउँथे ।

यस वर्ष कोभिड–१९ महामारीका कारण भीडभाड गर्नु नहुने भएकाले गुरुज्यूको पल्टन भनिने शार्दुलजङ्ग गुल्म पनि सहभागी भएको थिएन ।

पशुपति गुठी गोश्वारा कार्यालयले आर्यघाट गङ्गामाईको रथयात्रा चलाउने गरेको छ । यात्राका क्रममा मार्गमा स्यावजी छर्ने, फूलमाला वर्षाउने, दक्षिणा चढाउने, यात्रा मार्गमा सम्यवजी वितरण गर्ने लगायत काम गरिन्छ ।

गङ्गामाईको रथयात्रापछि प्रसाद वितरण गरिन्छ । रथयात्राको पूजा आराधना एवं दर्शन गरेमा रोग नलाग्ने, मानिस स्वस्थ हुने भन्ने जनविश्वास छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १० : १३ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम