कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

बुधबार ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार निधन भएको हो ।

उनको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले पुष्टि गरे ।

‘कलेजोमा समस्या रहेका उनको बुधबार किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।’ डा.  गेलालले खबरहबसँग भने, ‘पाटन अस्पतालमा आईसीयू नभएपछि उनलाई गत जेठ ११ गते किस्ट अस्पताल पठाइएको थियो, जेठ १२ गते उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधवार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

१८७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १० : २७ बजे

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

कास्की– पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही

कतार एयरवेजको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको

ओलीसँग वामदेवको आग्रह : आत्मआलोचना गर्न तयार छु, एमालेमा बोलाएर जिम्मेवारी दिनुस्

काठमाडौं- ‘नेकपा राष्ट्रिय एकता अभियान’का संयोजक वामदेव गौतमले आफू आत्मआलोचनासहित

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

अम्मान– जोर्डन सशस्त्र सेना-अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न