रौतहटमा आजै थप ३५ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

रौतहटमा आजै थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रजिअ घिमिरेका अनुसार उनीहरु सबैजना भारतबाट नेपाल आएका पुरुषहरु हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ घिमिरेको भनाइ छ ।

प्रयोगशालाले रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आज विहान दिएको प्रजिअ घिमिरेले खबरहबलाई बताए ।

‘रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको भनेर हामीलाई आज विहान जानकारी आएको हो । उहाँहरु सबैजना भारतबाट आएका हुन्,’ प्रजिअ घिमिरेले खबरहबसँग भने, ‘सबै जना पुरुष हुनुहुन्छ भन्ने जानकारी आएको छ, उहाँहरुको हेटौंडा र टेकुमा परीक्षण गरिएको थियो ।’

झापामा थप १७ जनामा संक्रमण पुष्टि

त्यस्तै झापामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

प्रजिअ रानामगरले भने, ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट आएका हुन् ।’

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेको पनि प्रजिअ रानामगरले बताए ।

बागलुङमा ६ जना थपिए

यसैबीच भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थायी ठेगाना भएका सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० का २ जना पुरुष मा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बाग्लुङ्गकै तमनखोला गाउँपालिका घर भएका र सोही स्थानको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ का ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेनमा लगिने डा शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन्।

हेटौंडाकी २५ वर्षे गर्भवतीमा संक्रमण

त्यस्तै मकवानपुरको हेटौंडाकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायका अनुसार हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपाध्यायका अनुसार ती महिला जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । ५ महिनाकी गर्भवती उनी हेटौंडा अस्पतालमा गर्भजाँच गर्न जाँदा चितवनबाट आएको खुलेपछि उनको कोरोना परीक्षणको लागि नमूना संकलन गरेर किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्रयोगशालमा कोरोना परीक्षण गरिएको थियो ।

सोही परीक्षणको क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आजै प्रदेश ३ को कोरोना विशेष अस्पताल चितवन रेफर गरिएको पनि उपाध्यायले जानकारी दिए ।

‘उहाँ गर्भजाँच गराउन अस्पतालमा पुग्दा चितवनबाट जेठ ९ गते आएको खुलेपछि उहाँको कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई चितवनको कोभिड अस्पतालको आइसोलेसनमा रेफर गरिएको छ,’ उपाध्यायले खबरहबसँग भने, ‘उहाँको परिवारलाई होम क्वारेन्टाइनमा राखेर अहिले कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइएको छ ।’

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  २ : ०१ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ