स्वास्थ्यकर्मी भन्दै लकडाउनका बेला लागू औषध तस्करी | Khabarhub Khabarhub

स्वास्थ्यकर्मी भन्दै लकडाउनका बेला लागू औषध तस्करी


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरावल– नवलपरासी पश्चिमको सरावल गाउँपालिका-७ भुजहवाबाट विभिन्न नियन्त्रित लागूऔषध लगायतका सामानहरु सहित सोमबार बिहान प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

लकडाउनका बेला चलाइएको भारतीय नम्बर प्लेट युपी ५६ एएफ ०७३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा राखेको नियन्त्रित लागूऔषध सहित प्रहरी चौकी भुजहवाको टोलीले १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको पाल्हीन्दन गाउँपालिका-३ कुश्मा बस्ने ३४ वर्षीय शेष कुमार उपाध्याय छन् । प्रहरीले उनको साथबाट नियन्त्रित लागू औषध वानरेक्स सिरफ १०० एमएलको ६० वोतल, १०० एमएलकै अनरेक्स १७ बोतल, स्पामप्रेक्स २ सय ८५ क्याप्सुल, विनस्पास्मो २ सय ८१ क्यप्सुल, फेनरागन ६४ एम्पुल, डाइजेपाम ६९ एम्पुल, नुफ्रिन ६७ एम्पुल, ब्राउनसुगर जस्तो खैरो धुलो करिब ५ ग्राम १० मिलिग्राम, नाइट्रोभेट २ सय ३८ ट्याब्लेट, चुरोट ७ बट्टा, सूर्ति ५ प्याकेट र मोबाइल २ थान फेला बरामद गरेको छ ।

प्रहरीले सोधपुछ गर्दा उनले आफू स्वास्थ्यकर्मी भएको र लकडाउनका कारण मेडिकलहरु बन्द भएकाले घरमै औषधि पुर्‍याउन हिँडेको बताएका थिए । भारतीय नम्बरप्लेटको स्कूटर देखेर श‌ंका लागेपछि चेक गर्ने क्रममा प्रहरीले उनको साथबाट नियन्त्रित लागू औषध फेला पारेको थियो ।

प्रहरीले उनी यसअघि पनि लागू औषध तस्करीमा संलग्न रहेको हुन सक्ने आशंका गरेको छ । पक्राउ परेका उपाध्यायमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ११ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल