पूर्व सचिव उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश « Khabarhub

पूर्व सचिव उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले साइबर अपराधको अभियोगमा पक्राउ परेका नेपाल सरकार पूर्व सचिव भीम उपाध्यायलाई धरौटी रिहा गरेको छ ।

विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी मुद्दाको थुनछेक आदेश जारी गर्दै काठमाडौं जिल्ला अदालतले उपाध्यायलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार न्यायाधीश भरतमणि खनालको इजलाशले उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न भनेको हो ।

गृह मन्त्रालयको निर्देशनानुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उपाध्यायलाई पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालमार्फत सरकार तथा स्वास्थ्य मन्त्रालयका सचिवविरुद्ध अफवाह फैलाएको र जातिय द्वेष फैलाउने विषयहरु सामाजिक सञ्जालमार्फत शेयर गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।

प्रहरीको अनुसन्धानपछि आइतबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उपाध्यायविरुद्ध मुद्दा दायर गरेको थियो ।

उपाध्यायविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय मागदाबी गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : २३ बजे

हुम्लामा भिरबाट खसेर एक पुरुषको मृत्यु

हुम्ला– हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक

नागढुंगाबाट गाँजासहित धादिङका एक युवा पक्राउ

काठमाडौँ– प्रहरीले नागढुंगाबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ। धादिङ

जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लगाउनु पर्छ : वर्षमान पुन

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर

पाकिस्तानमा २६३ अवैध अस्पताल बन्द

काठमाडौँ– पाकिस्तानको पञ्जाब प्रान्तमा २६३ वटा अवैध अस्पतालहरु बन्द गराइएको

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि

काठमाडौँ– म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ ।