पूर्व सचिव उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश | Khabarhub Khabarhub

पूर्व सचिव उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले साइबर अपराधको अभियोगमा पक्राउ परेका नेपाल सरकार पूर्व सचिव भीम उपाध्यायलाई धरौटी रिहा गरेको छ ।

विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी मुद्दाको थुनछेक आदेश जारी गर्दै काठमाडौं जिल्ला अदालतले उपाध्यायलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार न्यायाधीश भरतमणि खनालको इजलाशले उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न भनेको हो ।

गृह मन्त्रालयको निर्देशनानुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उपाध्यायलाई पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालमार्फत सरकार तथा स्वास्थ्य मन्त्रालयका सचिवविरुद्ध अफवाह फैलाएको र जातिय द्वेष फैलाउने विषयहरु सामाजिक सञ्जालमार्फत शेयर गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।

प्रहरीको अनुसन्धानपछि आइतबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उपाध्यायविरुद्ध मुद्दा दायर गरेको थियो ।

उपाध्यायविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय मागदाबी गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : २३ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार