गुपचुप अनमोल | Khabarhub Khabarhub

गुपचुप अनमोल


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसी फिल्मका कारण मात्र चर्चामा रहँदैनन् । भलै उनका फिल्मले व्यापार नगरुन् तर उनले लिने पारिश्रमिकका कारण उनको चर्चा हुन भने छोड्दैन ।

अनमोल सधैं आफूलाई सबैभन्दा महंगो पारिश्रमिक पाउने अभिनेताका रुपमा चिनाउन चाहन्छन् । त्यसैले होला, फिल्मवृत्तमा उनले ५० लाखसम्म पारिश्रमिक लिएको चर्चा चल्छ । त्यसो त अनमोलले अभिनय गरेका फिल्मले पनि त्यस्तो कमाल गर्न सकेका छैनन् ।

यतिबेला कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले नेपालभर लकडाउन गरेको छ । त्यसो त विश्वका कैयन् देशमा लकडाउन गरिएको छ । जसकारण फिल्म उद्योगलाई पनि ठूलो घाटा भएको छ ।

फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकहरु यतिबेला संकटको घडीमा छन् । यही अवस्थालाई मध्यनजर गर्दै कतिपय कलाकारले सहयोगको हात अगाडि बढाएका छन् । तर, अनमोल भने यस्तो अवस्थामा पनि सहयोग गर्नुको सट्टा चुपचाप छन् ।

वर्षभरि सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार भन्दै हल्ला पिटाउने तर आपत पर्दा सहयोग गर्न नखोज्ने भन्दै अनमोलमाथि प्रश्न उठ्न थालेको छ । तर, उनी भने यसबारेमा मौन छन् ।

अनमोलका फ्यानले संकटको बेला अरुलाई नसके पनि फिल्म क्षेत्रका समस्यामा परेका मजदूरलाई राहत उपलब्ध गराउन अनुरोध गर्न थालेका छन् । ५० लाख एउटै फिल्मबाट लिएको र हालसम्मकै महंगो अभिनेता भएको दाबी गर्ने अनमोलबाट फ्यानले आशा गर्नु स्वभाविक पनि हो । तर, अनमोल चाहिँ लकडाउनबारे थाहै नभएझैं गरी घरमा बसिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ०९ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल