कोरोना भाइरसका कारण अस्ट्रेलिया फुटबल संघले आफ्ना स्टाफको ७० प्रतिशत तलब कट्टा गर्ने | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण अस्ट्रेलिया फुटबल संघले आफ्ना स्टाफको ७० प्रतिशत तलब कट्टा गर्ने


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियन फुटबलको अभिभावक संस्था अस्ट्रेलिया फुटबल संघ (संघ) ले आफ्ना स्टाफको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ ।

कोरोना भाइरसले देश समस्या शृजना गरेको उल्लेख गर्दै अस्ट्रेलिया फुटबल संघका कार्यकारी निर्देशक जेम्स जोनसनले यो कठिन निर्णय गरेको बताएका छन् ।

देशका अधिकाशं उद्योग कारखान बन्द अवस्थामा रहँदा संघलाई टिकाइराख्न यो निर्णय गरिएको उनले बताएका छन् ।

‘यो निर्णय गर्न निकै कठिन भएको हो । तर, संस्थालाई जिवित राख्न यो निर्णय गरिएको हो,’ जोनसनले भने,‘कोरोना भाइरसले विश्वभरका उद्योग कारखानमा असर गरेको फुटबल अस्ट्रेलिया त्यो भन्दा फरक होइन ।’

अहिले अस्ट्रेलिया फुटबलले सबै गतिविधि बन्द गरिसकेको छ । मंगलबारमात्रै शिर्ष डिभिजनको ए लिगको खेल स्थगित गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : ४७ बजे

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको