कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै | Khabarhub Khabarhub

कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै देखिएका छन् ।

अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको भन्दा २३ सय ८७ ले बढी हो ।

चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा थप १ सय ८२ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९ पुगेको छ ।

उपचारारत ८० हजार ५ सय ९९ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : २५ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र