हाइब्रिड मकैमा भाइरसको संक्रमण, किसान मर्कामा | Khabarhub Khabarhub

हाइब्रिड मकैमा भाइरसको संक्रमण, किसान मर्कामा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा ‘र्‍याडो फिनो मेडस्ट्रीक भाइरस’को व्यापक संक्रमण देखिएको छ ।

जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायतका स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको व्यापक संक्रमण देखिएको हो ।

भरखरै धानचमरा आउन लागेको मकैमा पात सुक्ने, मकैको पात रातो हुने, गुंभो सुक्ने तथा काटिने, पात खुइलिने र प्वाल पर्ने गरेको किसानले गुनासो गरेका छन् ।

उखुखेती लगाउँदा उखुको भुक्तानी नपाएको पीडामा परेका किसान खेती परिवर्तन गरी मकैखेतीमा लागेका भए पनि मकैमा समेत संक्रमण देखिन थालेपछि थप पीडित बनेका छन् । मकैको पातसमेत रातो हुने, सुक्ने तथा गुंभो सुक्ने र काटिने समस्या देखिएको किसानले बताएका छन् ।

यस क्षेत्रमा लगाइएको अधिकांश मकैमा यो समस्या देखिएको स्थानीय किसान राजु महत्तोले बताए ।

धानचमरा लाग्ने समयमा मकैको बोट नै सुक्न थाल्नुका साथै मकैको बोटपात सुकेपछि जसरी नी किसान मर्ने नै रहेछ भन्ने अनुभव हुन थालेको अर्का किसान ठाकुर पौड्यालले बताए ।

किराका कारण वा अन्य कारण आफूहरुलाई थाहा नभएको तर मकैमा उक्त भाइरसको व्यापक संक्रमण देखिएपछि आफूहरु पीडित भएको किसानको गुनासो छ ।

मकैमा र्‍याडो फिनो र मेडस्ट्रीक भाइरसको संक्रमण देखिएपछि पात सुक्ने र मकैले खाना बनाउन नसक्ने भएका कारण मकै मर्ने गरेको उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले बताए ।

उक्त भाइरसको संक्रमण देखिएपछि अन्नबालीमा ५० देखि १०० प्रतिशत उत्पादन घट्ने यादवको भनाइ छ । यो संक्रमण आफैँ नभई भुसुना जस्तै लाइ किरा र लिफ होपर किराले एक स्थानबाट अर्काे स्थानमा सार्ने गरेको यादवको भनाइ छ ।

जिल्लामा हरेक वर्ष करिब १२ हजार हेक्टर क्षेत्रफलमा ५.३ लाख टन मकै उत्पादन हुने गरेको थियो । तर, पछिल्लो समयमा अन्नबालीमा विभिन्न किसिमका संक्रमण देखिएपछि उत्पादन घट्ने क्रम जारी रहेको छ । साथै मकैमा घोगा नलागी धानचमरामा दाना लाग्ने गरेको परवानीपुरका अर्का किसान विक्रम थापाले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ९ : १५ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण