पोखरामा एक विद्यार्थीले बनाए विद्युतबाट चल्ने गाडी ! | Khabarhub Khabarhub

पोखरामा एक विद्यार्थीले बनाए विद्युतबाट चल्ने गाडी !


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखराका एक विद्यार्थीले विद्युतबाट चल्ने गाडी निर्माण गरेका छन् ।

पोखरा महानगरपालिका–२७ स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले विद्युतबाट चल्ने गाडी निर्माण गरेका हुन् ।

पोखरा महानगरपालिका २७ वडाका वडाध्यक्ष वडाका वडाध्यक्ष पूर्णकुमार गुरुङले ती बालकले बनाएको विद्युतबाट चल्ने गाडी (गो कार्ट) चलाएर उद्घाटन गरेका थिए ।

उनले खड्काले बनाएको ‘गो कार्ट’ले विद्यार्थीहरुलाई नयाँ नयाँ प्रविधिको विकासमा प्रेरणा मिल्ने बताए ।

आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे ।

विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी(गो कार्ट) चलाएरै देखाएपछि सबैको स्यावासीमात्र पाएनन् विद्यालयले उनलाई सम्मान पनि गर्‍यो । उनीसँगै विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरियो ।

उनले बनाएको गाडी आफैँले मात्रै चलाएनन् अभिभावक दिवसका प्रमुख अतिथि पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समेत चलाएका थिए ।

सिकेका ज्ञानलाई व्यवहारमा उतारेको भन्दै गुरुङले चँदराको प्रशंसा गरे ।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने १६ वर्षीय चँदरा सामान्य परिवारका विद्यार्थी हुन् । विद्यालयमा सिकेको विषयलाई टपक्क टिप्दै त्यसलाई व्यवहारमा उतार्ने चँदरामा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेल बताए ।

“उनी जिज्ञासु छन्, यस अघि पनि उनले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी आदि बनाइसकेका छन्”, पौडेलले भने ।

हरेक विद्यार्थीमा हुने सिर्जनात्मकताको विकासका लागि विद्यालय परिवार एवं अभिभावकको महत्वपूर्ण भूमिका हुने उनले बताए ।

पर्वतको कुष्मा नगरपालिका–१ पाङ स्थायी बसोवास भई पेशा एवं व्यवसायका क्रममा चँदराको परिवार अहिले पोखरा–२७ रिठेपानीमा बस्दै आएको छ । उनका बुबा सोमबहादुर चँदराले रिठेपानीमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका छन् ।

“झण्डै २० दिनमा तयार गरेको गाडीका सामग्री सङ्कलन गर्न मात्रै लगभग रु एक लाख २० हजार जति खर्च भएको छ”, उनले भने । आफूलाई नयाँ नयाँ सिर्जनाका लागि विद्यालय परिवारका साथै घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त भएको उनले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ०१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी