सप्तकोशीमा 'जेट बोट' पुनः सञ्चालन | Khabarhub Khabarhub

सप्तकोशीमा ‘जेट बोट’ पुनः सञ्चालन


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सप्तकोशी नदीमा सञ्चालित जेट बोट (पानी जहाज) पुनः सञ्चालनमा आएको छ ।

स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै बन्द गरिएको जेट बोट पुनः सञ्चालन गरिएको हो । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि पानी जहाज सञ्चालन ल्याइएको हो ।

सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा रु ३०० बाट २५०, चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा रु ३५० बाट रु ३०० कायम गरिएको छ भने चतराबाट हुतवागढी–९ हसनपुरको सिम्ले–हलेदे नदी किनार आसपासका स्थानीयको भाडा रु ४०० र अन्य क्षेत्रबाट आउने यात्रुको भाडा रु ५००० पहिलाकै यथावत राखिएको छ ।

सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेट बोट सञ्चालनमा छन् । सो स्थानमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोष्ट रहने सहमतिसमेत भएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ६ : २० बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७