बीमा कम्पनीलाई ६ महिनाभित्र आन्तारिक अनलाइनको विकास गर्न निर्देशन | Khabarhub Khabarhub

बीमा कम्पनीलाई ६ महिनाभित्र आन्तारिक अनलाइनको विकास गर्न निर्देशन


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न निर्देशन दिएको छ । बुधबार समितिले एक निर्देशिका जारी गर्दै गदै आन्तरिक सूचना प्रविधि तयार पार्ने जानकारी दिएको हो ।

समितिले बीमा कम्पनीले प्रयोग गरेको प्रणालीलाई व्यवस्थित गर्न कम्पनीले आन्तरिक नियन्त्रण प्रणालीमा आवश्यक पहल गर्ने निर्देशिका जारी गरेको जनाएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयको मागसँगै सूचना प्रविधि मार्गदर्शनमार्फत थप व्यवस्थित गर्न खोजिएको बताए ।

सूचना प्रविधिको प्रणालीको रेखदेखका लागि बीमा कम्पनीले छुट्टै प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ र त्यस्तो कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा तोकिएको उनको भनाइ छ ।

बीमा कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र समितिलाई वार्षिक प्रतिवेदन पठाउनुपर्ने छ । साथै, बीमकको वेभ साइट सम्बन्धी व्यवस्था, २०६५ खारेज गरिएको समितिले जनाएको छ ।

निर्देशिकाका अनुसार डेटा सेन्टर तथा स्ट्याण्डवाई साइट वा विपद पुनरुत्थान साइट कार्यान्वयन गर्नु पर्नेछ । समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले जारी गर्ने नीतिमा अल्पकालीन र दीर्घकालीन सूचना प्रविधि सम्बन्धि रणनीतिहरु संलग्न गरेको हुनुपर्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ८ : ४४ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश