राष्ट्रिय सभाबारे बोल्ने बेला भइसकेको छैनः मन्त्री खतिवडा | Khabarhub Khabarhub

राष्ट्रिय सभाबारे बोल्ने बेला भइसकेको छैनः मन्त्री खतिवडा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले पुस्तकको व्यापारमा कर लगाउने तर ज्ञानमा कर लगाउने बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै विहीवार मन्त्री खतिवडाले पुस्तकको विक्रीमा धेरै मुलकले कर लगाउँने बताए । उनले विश्वका विभिन्न मुलुकमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाइने गरिएको उदाहरणसमेत दिए ।

अर्बौं लगानी गरेर नेपालमा प्रेस खुलेका र स्वदेशी उद्योगको संरक्षण गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।

करै नतिरी ल्याउने पुस्तकसँग स्वदेशी पुस्तक उद्योगले प्रतिस्पर्धा गर्नुपर्ने भएको बताउँदै मन्त्री खतिवडाले पुस्तकमा कर लगाउनु परेको बताए । ‘पुस्तकको व्यापार पनि ज्ञानको व्यापारको हो’ उनले भने,‘३५ प्रतिशत नाफा राख्दा १० प्रतिशत कर तिर्नुस् भन्दा ज्ञानलाई पक्डियो भन्ने । यो विषयमा बहस गर्न तयार छौं । हामी व्यापारमा कर लगाउने हो ज्ञानमा कर लगाउने होइन ।’

राष्ट्रिय सभामा फेरि जाने विषयमा बारे सोधिएको प्रश्नमा मन्त्री खतिवडाले यसबारे अहिले नै बहस गर्ने बेला नभएको बताए ।

‘अलि बेला भइसकेको छैन । २१ गते सपथ ग्रहरणको दिन भेट होला नि !’ उनले भने ।

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा अनुसन्धान गर्नुपर्ने निकायले अनुसन्धान गरिरहेको उनले बताए ।

‘अडियो प्रकरणमा पूर्व मन्त्री र अरुको धारणा आएका छन् । अनुसन्धान गर्नुपर्ने निकायल लागि रहनुभएको छ’ उनले भने,‘संवैधानिक र कानूनी विधीबाट हुन दिउँ । कानूनी अधिकार प्राप्त निकायले हेरोस् भन्ने म चाहन्छु ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ३ : ४५ बजे

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने