‘प्रेम गीत’ सिरिजले नै धान्ने हो प्रदीपको करिअर ? | Khabarhub Khabarhub

‘प्रेम गीत’ सिरिजले नै धान्ने हो प्रदीपको करिअर ?


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘प्रेम गीत ३’ को प्रचारमा व्यस्त छन् । ‘प्रेम गीत’ बाट चर्चामा आएका प्रदीपले त्यसपछि ‘प्रेम गीत २’ बाट पनि चर्चा कमाए ।

यो सिरिजबाहेक अरुबाट भने प्रदीपले खासै चर्चा कमाउन सकेनन् । प्रदीप र जसिताको अभिनय रहेको फिल्म ‘लिलिबिली’ ले त ठीकै कमाइ गर्‍यो तर उनका अरु फिल्मले खासै कमाइ गर्न सकेनन् ।

पछिल्ला फिल्म ‘रोज’ र ‘लभ स्टेशन’ ले पनि प्रदीपलाई राहत दिन सकेनन् । यसरी हेर्दा प्रदीपको साख ‘प्रेम गीत’ सिरिजले मात्र धानेको छ ।

यही बुझेर हुनुपर्छ, प्रदीपले अरु फिल्म छोडेर पनि ‘प्रेम गीत ३’ मा काम गरिरहेका छन् । यतिबेला उनी फिल्मको प्रचारमा व्यस्त छन् ।

प्रदीपको सामाजिक सञ्जाल नियाल्ने हो भने उनले यही फिल्मको प्रचार मात्र गरिरहेका छन् । कहिलेकाहीँ त लाग्छ, उनले प्रचार पनि फ्यानलाई मोनोटोनस हुने गरी गरिरहेका छन् ।

मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको फिल्म ‘प्रेम गीत ३’ को चर्चा पनि उत्तिकै छ । फिल्म युनिटले अहिले जतिसक्यो धेरै प्रचार गर्ने जमर्को गरेको छ । फिल्मको छायांकनका लागि सेट नै तयार पारिएको थियो ।

मुस्ताङको माइनस डिग्री चिसोमा छायांकन गरिएको यो फिल्मको रिलिजअघि चर्चा छ । फिल्मले अहिलेसम्म दुई गीत सार्वजनिक गरेको छ । तीमध्ये ‘हात्ती ढुंगामा’ बोलको गीत बढी चर्चामा छ ।

प्रदीपका लागि यो फिल्म किन पनि महत्त्वपूर्ण छ भने ‘प्रेम गीत ३’ ले दर्शकको साथ पाएन भने उनको करिअरलाई नै धक्का लाग्ने सम्भावना हुन्छ । किनकि, यसबाहेक अरु फिल्मले उनका फ्यानको मन जित्न सकेका छैनन् ।

अर्कातिर अर्को भय के छ भने दर्शकलाई सबै कन्टेन्ट प्रदीपले सामाजिक सञ्जालबाटै दिए भने फिल्ममा के हेर्न दर्शकले टिकट काट्ने ? धेरै कुरा त आइसकेको छ, अब बाँकी कुरा मिडियामा दिने अन्तर्वार्तामा पनि बाहिर आउने होला भनेर दर्शकले व्यङ्ग्य गर्न थालेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १ : ३८ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।