काठमाडौं मै पानीको स्रोतको खोजी र संरक्षण शुरु | Khabarhub Khabarhub

काठमाडौं मै पानीको स्रोतको खोजी र संरक्षण शुरु


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ ।

पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको व्यविस्थत वितरणको तयारीसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाभित्रको स्रोत संरक्षणमा समेत ध्यान दिन थालेको हो ।

उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले १२ स्थानमा ट्युबवेल खन्न शुरु गरिएको लिमिटेडले जनाएको छ ।

उपत्यकाका तीनै जिल्लामा यसअघि गरिएको अध्ययनका आधारमा खन्ने काम भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनले भने, ‘हामीले ठेक्का सम्झौतामार्फत खन्न शुरु गरिसकेका छौँ ।’

यसरी ट्युबवेलबाट झण्डै डेढ करोड लिटर खानेपानी थप हुने विश्वास गरिएको छ । मेलम्चीको पानीसँगै उपत्यकाभित्रको पानी थप हुँदा पानीको माग बढिरहे पनि त्यसलाई सम्बोधन हुने बताइएको छ । अन्यत्रबाट पानी ल्याउने मात्रैभन्दा भएका स्रोतको संरक्षण र उपत्यकाभित्रै खानेपानीको नयाँनयाँ स्रोतको पहिचानलाई प्राथमिकता दिइएको प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।

लिमिटेडले उपत्यकाभित्रको मुहानको दिगो संरक्षणकै लागि भनी गुरुयोजनासमेत बनाउँदैछ । यसमा भइरहेका मुहानको संरक्षणसँगै नयाँ मुहानको खोजी र तिनको उपयोगसमेत रहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।

लिमिटेडले गुरुयोजनामार्फत हाल भएका पानीको संरक्षण गरी पानीको स्रोत घट्न नदिने र उपत्यकाभित्र थप पानी उत्पादनको योजना समेट्नेछ । खानेपानीलाई संविधानले साझा अधिकारका रूपमा व्यवस्था गरेको छ । कसको अधिकार के हो र जिम्मेवारी के भन्ने कुरामा अझै अन्योल पाइन्छ ।

हाल खानेपानीसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । विधेयकले खानेपानी क्षेत्रमा रहेका धेरै अन्योल हटाउने उहाँको भनाइ छ । खानेपानीको स्रोतमा कसको अधिकार भन्नेबारे धेरै स्थानमा विवाद आउन थालेको छ ।

काठमाडौँ उपत्यका बाहिरभन्दा उपत्यकामा विवाद कम छ । उपत्यकामा १० प्रतिशत मुहानमा विवाद देखिरहेको छ । उपत्यका बाहिरका विवादमा सरकार–सरकारबीचको भए पनि उपत्यकाको विवाद स्थानीयवासीसँग सम्बन्धित रहेको उनले बताए ।

स्रोत भएका पालिका वा वडाका स्थानीयवासीले पहिलो प्राथमिकता त्यस स्थानलाई दिनुपर्ने माग गर्न थालेका छन् । कतिपय जिल्लामा उपभोक्ता समितिसँग विवाद भए पनि उपत्यकामा उपभोक्ता समितिका कारण समस्या आइरहेको छैन । उनले भने, ‘उपत्यकामा उपभोक्ता समितिहरु सहयोगी भूमिकामा नै हुनुहुन्छ ।’

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यका ल्याएर त्यसको व्यवस्थितरूपमा वितरण गर्ने जिम्मेवारीसँगै लिमिटेडले भएका स्रोतको व्यवस्थापन अघि बढाएको हो ।

मेलम्चीको पानी काठमाडौँ आइसकेपछि कुनकुन ठाउँमा कतिकति परिमाणमा वितरण गर्ने भनी आवश्यक तयारीको काम अघि बढाउन थालिएको छ । खानेपानी आएपछि कसरी व्यवस्थितरूपमा वितरण गर्ने भनी तयारीका लागि समिति बनेको छ ।

त्यसले अहिले कुन ठाउँका कति पानी आवश्यक छ र कसरी वितरण गर्न सकिन्छ भनी अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ५५ बजे

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु