एसीसी इस्टर्न रिजन टी–२० खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान | Khabarhub Khabarhub

एसीसी इस्टर्न रिजन टी–२० खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली बिहीबार थाइल्याण्ड प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नै नेपाली टोलीलाई बिदाई गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको थियो ।

नेपालले इस्टर्न रिजन च्याम्पियन बन्ने लक्ष्य राखेको छ । कप्तान मल्लले नेपालमा रहँदा राम्रो अभ्यास गरेको र त्यसको नतिजा थाइल्यान्डमा देखाउने बताए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, थाइल्यान्ड, मलेसिया र हङकङ रहेका छन् । प्रतियोगितामा नेपाल अन्य टोलीभन्दा तुलनात्मक रुपमा बलियो देखिएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय  (ओडीआई) मान्यता पाएको नेपालले विपक्षीसँग सम्यम भएर खेल्ने कप्तान मल्लले बताए ।

टोलीको बिदाईमा उपस्थित भएका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली टीमलाई प्रतियोगिताका लागि शुभकामनासहित बिदाई गरे । उनले टोलीबाट सकारात्मक नतिजाको अपेक्षा रहेको समेत बताए । प्रतियोगिता यही फागुन १७ गतेदेखि २३ गतेसम्म हुनेछ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ११ बजे

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा